लघुचलचित्र ‘खेदा’ सार्वजनिक

काठमाडौं । लघुचलचित्र ‘खेदा’ सार्वजनिक भएको छ । चलचित्र लिम्बु समुदायको विवाह तथा पालाम संस्कृतिमा आधारित छ । विवाहको संस्कृतिलाई बुझाउन खोजिएको लघु चलचित्रमा लिम्बु जातिको धाननाचलाई पनि प्रस्तुत गरिएको छ ।

भिडिओमा पटकथा तथा संवाद देवेन्द्र खापुङ सुर्केलीको छ । यो लघुचलचित्रको मुख्य भूमिकामा रुकमान लिम्बु र सबनम लिम्बुको अभिनय छ । साथै यासेली योङहाङ लिम्बु, मनु थक्लुङ लिम्बु, नैनाकला आङदेम्बे नाम्लिङ अख्राबो लिम्बु, निर्मला तावा, नितुरानी नेम्वाङलगायतले पनि अभिनयमा साथ दिएका छन् ।

यो चलचित्रमा याक्थुङ केलाङ समूह र फेदाप केलाङ समूहको च्याब्रुङ नृत्य रहेको छ भने बुद्ध थापाको छायांकन छ ।

विकास दाहालको सम्पादन रहेको चलचित्रमा लोकेन सावाको निर्देशन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 4 =