‘फूलबुट्टे सारी’पछि मार्मिकको ‘सुनबुकी फूल’ सार्वजनिक
२०७८ असार २३ गते

काठमाडौं । मार्मिक लामाको स्वरमा गीत ‘सुनबुकी फूल’ सार्वजनिक भएको छ । ‘फुलबुट्टे सारी’ गीतका ओरिजिनल गायक मार्मिक लामो समयपछि गायनमा फर्किएका हुन् ।
यो गीतमा पनि मार्मिकले ‘फुलबुट्टे सारी’कै रिदम प्रयोग गरेका छन् । यही गीतको सफलतापछि राजनराज सिवाकोटीको शब्द, सङ्गीतमा यो गीत सार्वजनिक गरिएको हो ।
राजेश पुमा राईको निर्देशनमा तयार भएको भिडिओमा आनन्द सिंह, रक्षा थापा र अभिषेक बजगाईँले अभिनय गरेका छन् । उत्सव दाहालले खिचेको भिडिओलाई विकास दाहालले सम्पादन गरेका हुन् ।
२०७८ असार २३ गते
प्रतिक्रिया
सम्बन्धित








