कमल पोखरीको कुमारी हल बन्द
२०७८ असार २३ गते

काठमाडौँ । काठमाडौँको कमलपोखरीमा रहेको कुमारी हल बन्द भएको छ । कोरोना महामारीको प्रभावका कारण हल सधैँका लागि बन्द गर्ने निर्णयमा सञ्चालक पुगेका हुन् ।
दुई वटा पर्दा भएको हलमा एकै पटकमा दुई फरक फिल्म देखाउने गरिएको थियो । क्यूएफएक्स चेनको सञ्चालनमा रहेको हलभित्रका सामानहरू समेत हटाउन थालिएको छ ।
तीन दशकभन्दा बढी समयदेखि सञ्चालनमा आएको यो हल कोरोनाले बन्द भएपछि खर्च धान्न नसकेकाले बन्द गरिएको हो । यसअघि क्यूएफएक्स चेनको जय नेपाल हलसमेत सधैँका लागि बन्द भैसकेको छ ।
२०७८ असार २३ गते
प्रतिक्रिया
सम्बन्धित








