३ वर्षे छोराको जीवन बचाउन कलेजो दाता गुहार्दै पिता
२०७८ असार २३ गते

काठमाडाैँ । एक्युट लिभर फेलियर भएका ३ वर्षे बालक दर्शितजंग रावलको कलेजो प्रत्यारोपणका लागि दाताको आवश्यकता भएको छ । उनको कलेजो प्रत्यारोपणका लागि यसअघि नै पारिवारिक दाता तयार भएपनि दाताको कलेजो उपयुक्त नभएपछि दाताको आवश्यकता परेकाे हाे ।
उनको लागि ‘ओ पोजिटिभ’ रगत समूह भएका दाताको खोजी भइरहेको हाे । उनको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेकाे छ । परिवारमा त्यस्तो अन्य दाता व्यक्ति नभएकाले उनको लागि नयाँ कलेजो दाता खोजि गर्न लागेको हो ।
हाल टिचिङ बाल अस्पतालमा मेडिकल सपोर्टमा रहेका रावलको लागि आगामी १५ दिनभित्र नयाँ दाता खोजी गरेर कलेजो प्रत्यारोपण गर्नुपर्ने आवश्यकता रहेको भन्दै दर्शितजंग रावलको पिता दिनेश रावलले सबैसंग आग्रह गरेका छन् । यसको लागि इच्छुक दाताहरुले दिनेश रावललाई ९८०२०९६३२६ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
२०७८ असार २३ गते
प्रतिक्रिया
सम्बन्धित









