विनोद र शशिकाको ‘एकैसाथ यो झरीमा’ सार्वजनिक
२०७८ असार २१ गते

काठमाडौं । नेपाली ताराबाट चर्चामा आएका गायक विनोद राई र द भ्वाइस अफ नेपालबाट चर्चामा आएकी गायिका शशिका राईको गीत सार्वजनिक भएको छ ।
‘एकैसाथ यो झरीमा’ बोलको गीतमा इन्दु तामाङको शब्द रहेको छ भने देवेश राईको संगीत तथा संगीत संयोजन रहेको छ ।
भिडिओलाई फराज अर्पणले निर्देशन गरेका छन् भने प्रवीण राई र अञ्जना बराइलीको अभिनय देख्न सकिन्छ । भिडिओमा निर्देशनसँगै छायांकन र सम्पादन पनि फराज अर्पणकै रहेको छ ।
२०७८ असार २१ गते
प्रतिक्रिया
सम्बन्धित








