अस्पतालको बिल तिर्न मेगा बैंकले ल्यायो ‘मेगा मेडी कार्ड’ सुविधा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले अस्पतालको बिल तिर्नका लागि ‘मेगा मेडी कार्ड’ नामक आकर्षक सुविधा ल्याएको छ ।

ग्राहकहरू बिरामी हुँदा तत्कालै रकम जुटाउन गाह्रो∕अफ्ट्यारो पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै यो सुविधा ल्याइएको बैंकले उल्लेख गरेको छ । यो सुविधामार्फत् बैंकको क्रेडिट कार्ड सुविधा उपभोग गरिरहेका ग्राहकहरुले न्युनतम् २० हजार देखि १ लाख ५० हजार रुपैयाँसम्म उपभोग गर्न पाइने बैंकले जनाएको छ ।

ग्राहकहरुले आवश्यक कागजपत्र पेश गरेको २ दिनमा नै ग्राहकहरूलाई यो सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।बैंकका डिजिटल तथा ई-बैंकिङ विभाग प्रमुख विश्व सिंहका अनुसार यो सुविधाका लागि प्रक्रियागत शुल्क‚ निःशुल्क गरिएको छ भने क्रेडिट कार्डबापत लाग्ने शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

अस्पतालको बिल भुक्तानीका लागि बिरामीको परिवारलाई समेत नाता प्रमाणित प्रमाणपत्रका आधारमा रकम उपलब्ध गराइने भएकाले यो सुविधा निकै सहज र प्रभावकारी हुने मेगा बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =