सानो पर्दामा देखिँदै रणवीर सिंह

एजेन्सी । बलिउड अभिनेता रणवीर सिंह चाँडै सानो पर्दामा देखापर्ने भएका छन् । उनी क्विज शो ‘द बिग पिक्चर’ मा कार्यक्रम सञ्चालकको रूपमा देखिनेछन् । विश्वव्यापी रूपमा लोकप्रिय र सफल ‘द बिग पिक्चर’  ज्ञान र भिजुअल मेमोरीको पूर्ण संयोजन भएको कार्यक्रम हो । यो कार्यक्रमले रणवीर सिंहसँग खेल खेल्दै  लाखौँ रुपैयाँ जित्ने अवसर दर्शकहरूलाई अवसर दिनेछ।

यस शोमा ग्राण्ड प्राइज जित्नको लागि प्रतियोगीहरूले तीन लाइफलाइनहरू प्रयोग गरी बाह्र दृश्यमा आधारित प्रश्नहरूको उत्तर दिनुपर्नेछ। शोको ढाँचाले दर्शकहरूलाई घर बसेरै खेल्ने अवसर दिनेछ र प्रतियोगीले ठूला इनामहरू जित्न सक्नेछन् ।

कार्यक्रमको बारेमा रणवीर सिंह भन्छन्— ‘म सधैँ अभिनेताको रूपमा सङ्घर्ष गर्दै जानेछु । भारतीय चलचित्र जगतले मलाई सबै कुरा प्रदान गरेको छ, यो अभिनेताको रूपमा र मेरो सीपको विकास गर्न पनि । र भारतीयहरूले मलाई उपहार स्वरूप धेरै माया दिएका छन् । अब म दर्शकसँग पहिलो पटक टेलिभिजनमा रोचक ढाँचामा सामेल हुँदैछु। नयाँ पीढीको क्विज कार्यक्रम भारतमा सुरु हुने यस सम्झौताले मलाई आकर्षित गर्‍यो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 8 =