नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

काठमाडौं । निरन्तरको वर्षातसँगै झरेको पहिरोका कारण अबरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।  विभिन्न स्थानमा खसेको पहिरो पन्छाएसँगै आज बिहान ९:१० बजेदेखि एकतर्फी रुपमा सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयकाअनुसार पहिरोका कारण रोकिएका सवारी साधनलाई पालैपालो गन्तव्यमा पठाउने क्रम शुरु भएको छ । चारकिलो, पाँचकिलो, जलबिरे, सेती दोभानमा पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको हो ।

सो सडक क्षेत्रमा बिहीबारदेखि पटक–पटक पहिरो खस्ने र पन्छाउने कार्य जारी छ । पहिरोका कारण बिहीबार चार घण्टा र शुक्रबार दुई घण्टा मात्रै सञ्चालनमा आएको सो सडकखण्ड दुईतर्फी सञ्चालनमा आउन अझै केही समय लाग्ने कार्यालयले जनाएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पटक–पटक झरेको पहिरोका कारण यातायात सेवा अवरुद्ध हुँदै यात्रुहरु अलपत्र परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =