कोभिडका कारण रोकिएको ‘कमेडी च्याम्पियन’ आजबाट
२०७८ असार १८ गते

काठमाडौँ । कोरोना भाइरसको दोस्रो लहरका कारण लगाइएकाे निषेधाज्ञामा रोकिएको रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन-२’ फेरि सुरु हुने भएको छ । करिब दुई महिनादेखि रोकिएको शो आज शुक्रबारबाट सुरु हुन लागेको हो ।
कार्यक्रम प्रसारणका लागि गत आइतबार उत्कृष्ट नौ प्रतियोगिताहरूको प्रस्तुति छायांकन गरिएको छ । आजको कार्यक्रममा सेलिब्रेटी जजको रूपमा अभिनेत्रीद्वय करिश्मा मानन्धर तथा रेखा थापा आउँदै छन् ।
सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई, ऋचा शर्मा कार्यक्रमको जजको रुपमा रहेको शोका निर्माता केकी अधिकारी, रिमा विश्वकर्मा, विशाल भण्डारी तथा राज घिमिरे हुन् ।
२०७८ असार १८ गते
प्रतिक्रिया
सम्बन्धित








