बाढीले भत्कायो गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल
२०७८ असार १८ गते

काठमाडौँ । अविरल वर्षापछिको बाढी गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुलमा क्षति पुर्याएको छ । गोरखा नगरपालिका-१४ गोप्लिङ र तनहुँको आवुखैरेनी जोड्ने पुल मर्स्याङदी नदीमा आएको बाढीले भत्किएको हो ।
बाढीले तनहुँतर्फको पिलर बगाएको छ । पुलमा क्षति पुगेसँगै अहिले सो क्षेत्रमा आउजाउ गर्न बन्द गरिएको छ । यो पुलबाट गोप्लिङ, गोर्वुङ, सलाङगिरीलगायतका स्थानीय आउजाउ गर्थे ।
२०७८ असार १८ गते
प्रतिक्रिया
सम्बन्धित








