अभिनेत्री मन्दिराका श्रीमान राज कौशलको निधन

एजेन्सी । भारतीय अभिनेत्री मन्दिरा बेदीले पति गुमाएकी छन् । उनका चलचित्रकर्मी श्रीमान राज कौशलको ४९ वर्षको उमेरमा बुधबार बिहान हृदयघातका कारण निधन भएको छ । मन्दिरा र राजका दुई सन्तान छन् ।

चलचित्र निर्देशक ओनिरले राजको निधन पुष्टि गरेका छन् । उनले ट्विटर मा लेखे, ‘असाध्यै छिटो गयौ । हामीले चलचित्र निर्माता राज कौशललाई आज बिहान गुमाएका छौँ । असाध्यै दुःखद् । उनी मेरो पहिलो चलचित्र माई ब्रदर निखिलका निर्मातामध्ये एक थिए । उनी ती व्यक्तिमध्ये एक थिए‚ जसले हाम्रो अवधारणालाई विश्वास गरे र हामीलाई अवसर दिए । उनको आत्माको चीर शान्तिको कामना ।’

राज कौशल निर्देशक र निर्माता थिए । कौशलले एन्थी कौन है, शादी का लड्डु, प्यार मे कभी कभीजस्ता चलचित्र निर्देशन गरेका थिए । यस्तै शादी का लड्डु, प्यार मे कभी कभी लगायत चलचित्रलाई निर्माण गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 15 =