कृषि विकास बैंकको ‘कृषि ऋणपत्र’ डिबेञ्चर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल
२०७८ असार १६ गते

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडलाई कृषि विकास बैंक लिमिटेडले ‘७ वर्षे ६ अर्ब कृषि ऋणपत्र’ को डिबेञ्चर रजिष्ट्रारका लागि नियुक्त गरेको छ ।
कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालीन साधनको उपलब्धता सहज बनाउन यस बैंकले कृषि ऋणपत्र जारी गरिएको जनाएको छ ।
उक्त सम्झौतामा कृषि विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख वित्तीय अधिकृत यज्ञप्रकाश न्यौपाने तथा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका हुन् ।
२०७८ असार १६ गते
प्रतिक्रिया
सम्बन्धित








