भारतमा २४ घण्टायता ३७५६६ मा कोरोना

नयाँ दिल्ली । गत २४ घण्टामा भारतमा ३७ हजार ५६६ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड ३ लाख १६ हजार ८९७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा गत २४ घण्टामा भएको कोरोना सङ्क्रमित यो संख्या विगत १०२ दिनयताकै सबैभन्दा कम हो । चालीस हजारभन्दा कम व्यक्ति कोरोना सङ्क्रमण भएको १०२ पछिकै यो पहिलो पटक हो । भारतमा हिजो कोरोना संक्रमणबाट ९०७ व्यक्तिको मृत्यु भएको छ ।
करिब ७० दिनपछि भारतमा गत दई दिनयतादेखि एक हजारभन्दा कम व्यक्तिले कोरोनाबाट ज्यान गुमाएका छन् । गत अप्रिल १४ मा भारतका कोरोना सङ्क्रमणबाट एक हजारभन्दा बढीको मृत्यु भएको थियो ।
कोरोना महामारीबाट ज्यान गुमाउनेको संख्या तीन लाख ९७ हजार ६३७ पुगेको छ ।
हाल भारतमा पाँच लाख ५२ हजार ६५९ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा कोरोना शुरु भएदेखि हालसम्म दुई करोड ९३ लाख ६६ हजार ६०१ जना कोरोनामुक्त भएका छन् ।
भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ३२ करोड ९० लाख २९ हजार ५१० डोप कोरोनाविरुद्धको खोप लागाइएको छ ।









