राष्ट्र उत्थान लघुवित्तको सार्वजनिक निष्काशनको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई सार्वजनिक निष्काशन गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

उक्त सम्झौतामा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट नायब कार्यकारी निर्देशक जया लोहनी तथा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले ८ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणको लागि सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + three =