झोलुङ्गे पुल बनाउँदै नम्रता श्रेष्ठ

काठमाडौँ । मिस नेपाल वर्ल्ड २०२१ नम्रता श्रेष्ठले मिस वर्ल्डको तयारी स्वरूप झोलुङ्गे पुल निर्माण गर्ने भएकी छन् । तुइनको विषयमा सुनेकी उनलाई पुल नहुँदा मानिसले पाएको दुखले पोल्ने गरेको थियो । त्यसैले तुइनसम्म नभएको धादिङस्थित नीलकण्ठ नगरपालिकामा उनले झोलुङ्गे पुल निर्माण थालनी गरेकी हुन् ।

मिस वर्ल्डको महत्त्वपूर्ण विधा ब्युटी विथ अ पर्पसका लागि उक्त पुल बनाउन लागिएको हो । झन्डै ५५ लाख खर्च लाग्ने उक्त पुल केही महिनामा तयार हुने भएको छ ।

छिरिन पुछार झोलुङ्गे पुल नामकरण गरिएको उक्त पुल स्पोन्सरहरु जुटाएर निर्माण गरिनेछ । पुल निर्माणको भिडिओ छायाङ्कनका लागि नम्रतासँगै सिसन बानियाको समूहसमेत धादिङमै रहेको छ ।

प्रतियोगिता आगामी डिसेम्बर १६ मा अमेरिकाको पुएर्तो रिकोमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twelve =