‘आरआरआर’ टिमको बाँकि छायांकन तयारी 

एजेन्सी । ‘आरआरआर’ निर्देशक एस एस राजामौलीको प्रतिक्षित चलचित्रमध्येको एक हो । रिपोर्टका अनुसार कोरोना भाइरसको दोस्रो लहरका कारण रोकिएको चलचित्रको छायाङ्कन सुरु हुन लागेको छ ।

भारत सरकारले छायाङ्कन अनुमति दिएसँगै चलचित्रको काम सुचारु भएको हो । यस्तो अवस्थामा लामो समययता रोकिएको चलचित्रका निर्माताहरूले समय खेर नफाली काम सुरु गर्ने तयारी गर्दैछन् । निर्माण टिम ब्याक टू ब्याक छायाङ्कन गरेर चलचित्र सक्ने तयारीमा छ । पहिले गीतको छायाङ्कन सकिनेछ भने त्यसपछि बाँकी दृश्य कैद गरिनेछ ।

कोरोनाको तेस्रो लहर जुलाई-अगस्टमा आउने अनुमान गरिएको छ । यसलाई ध्यानमा राख्दै, निर्माताहरू चलचित्र सक्दो चाँडो पूरा गर्न चाहन्छन् । जूनियर एनटीआर र राम चरण अभिनित यस चलचित्र मार्फत आलिया भट्ट र अजय देवगण दक्षिण भारतीय चलचित्र उद्योगमा डेब्यू गर्दैछन् । चलचित्रको बजेट करिब ३२५ करोड छ भने यसको प्रस्तावित रिलिज मिति अक्टोबर १३ घोषणा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *