टेस्ट च्याम्पियनसिप: भारत २१७ मा समेटियो

एजेन्सी । विश्व टेस्ट च्याम्पियनसिप फाइनलको पहिलो इनिङमा भारत २१७ रनमा समेटिएको छ ।

इंग्ल्यान्डको साउथह्याम्पटनमा जारी खेलको तेस्रो दिन भारत २१७ रनमा अलआउट भएको हो । टस हारेर पहिलो ब्याटिङ गरेको भारतले तेस्रो दिन केवल ७१ रन बनाउँदा बाँकी ७ विकेट गुमायो। न्युजिल्यान्डका काइल जेमिसनले टेस्ट करिअरमा ५ औ पटक ५ विकेट लिएपछि भारतीय इनिङ ध्वस्त भएको थियो ।

भारतका कप्तान विराट कोहलीले ४४ र अजिंक्य रहाणेले ४९ रन बनाए । त्यस्तै रोहित शर्माले ३४ र शुभमन गिलले २२ रनमा आउट भए । कोहलीले तेस्रो दिन थप रन नजोड्दै पेभिलियन फर्किएका थिए। न्युजिल्यान्डका नील वेंगनर र ट्रेन्ट बोल्टले २-२ विकेट लिए।

न्युजिल्यान्डको राम्रो सुरुवात

आइतबारै जवाफि ब्याटिङ सुरू गरेको न्युजिल्यान्डले यो समाचार तयार पार्दासम्म विना क्षति ५७ रन बनाएको छ। टम लाथम २५ र डेभन कनवे ३४ रनमा अविजित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + twenty =