टेस्ट क्रिकेटमा विराटको अविजित १० वर्ष

काठमाडौं । भारतीय टीमका कप्तान विराट कोहलीले टेस्ट क्रिकेटमा डेब्यु गरेको एकदशक पुगेको छ । २०११ मा आजैका दिन अर्थात् जुन २० मा उनले वेस्टइन्डिजविरुद्ध टेस्टमा डेब्यु गरेका थिए । त्यसयता उनले कुल ९२ टेस्टमा ५२.६८ को औसतमा ७५३४ रन बनाएका छन् ।

टेस्टमा उनको नाममा २७ शतक र २५ अर्धशतक रहेका छन् । उनले टेस्ट करिअरमा ७ डबल सेन्चुरी प्रहार गरेका छन् । उनी वर्तमान समयका उत्कृष्ट चार ब्याटस्म्यानमा पर्छन् । विराटसँगै यो लिस्टमा न्युजिल्यान्डका केन विलियम्सन, अस्ट्रेलियाका स्टिव स्मिथ र इंग्ल्यान्डका जो रूट रहेका छन् ।

डेब्युदेखि अहिलेसम्म कोहलीको रेकर्ड सानदार रहेको छ । ५औँ नम्बरमा आएर ब्याटिङ सुरु गरेका कोहलीले राहुल द्रविड, सचिन तेन्दुलकर, भिभिएस लक्ष्यमणको संरक्षणमा ब्याटिङ गरेका थिए ।

जतिबेला उनको प्लेइङ ११ टुंगो हुँदैन थियो । जनवरी २०१२ मा द्रविड र लक्ष्यमणले टेस्ट क्रिकेटबाट सन्नयास लिएपछि उनी टीमका नियमित ११ मा पर्न थाले । त्यसपछि उनले कहिले पनि पछाडि फर्किएर हेर्नुपरेको छैन ।

२०१४ को सुरुवातमा विरेन्द सहवाग र जाहीर खानले पनि टेस्टबाट सन्यास लिए । यसै वर्षको डिसेम्बरमा भारतले अस्ट्रेलियाको भ्रमण गरेको थियो । टुरका लागि कप्तान महेन्द्र सिंह धोनीलाई बनाइएको थियो । चोटका कारण धोनीले नखेलेपछि विराट पहिलो पटक कप्तान बनेका थिए ।

दोस्रो टेस्टमा धोनी खेलमा फर्किए र कप्तानी सम्हाले । यद्यपि यो टेस्टमा भारत अस्ट्रेलियासँग ४ विकेटले पराजित भयो । त्यसपछि कप्तान धोनीले औपचारिक रुपमा टेस्टबाट सन्यास लिए । त्यसपछि कोहली नियमित कप्तान बने ।

त्यहाँबाट अहिलेसम्म उनले ६१ टेस्टमा कप्तानी सम्हाले जहाँ उनले ३६ टेस्टमा जित निकालेका छन् । १४ मा हार भोगेका छन् । उनले धोनकी सर्वाधिक टेस्ट खेल्ने र जित निकाल्ने कप्तानको दुवै कीर्तिमान पछि पारे । धोनीले ६० टेस्ट खेलेका छन् । यतिमात्र होइन‚ भारतले सर्वाधिक रन अन्तरले जितेका १० उत्कृष्ट जितमध्ये ६ कोहलीको कप्तानिमा सम्भव भएका छन् ।

अहिले कोहलीको कप्तानीमा भारतले पहिलो विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्यान्डविरुद्ध साउथहेम्टनमा प्रतिस्पर्धा गरिरहेको छ । यसलाई टेस्टको विश्वकपका रुपमा हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − five =