रहाणे र कोहलीले सम्हाल्लान् भारतलाई ?

काठमाडाैँ । भारत र न्युजिल्यान्डबिच चलिरहेको टेस्ट च्याम्पियनसिपको फाइनलको दोस्रो दिन बल्ल खेल शुरु भयो । यद्धपि खराब प्रकाशका कारण ६४.४ ओभरमात्र सम्भव भयो ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले पहिलो दिन नै ३ विकेट गुमाएर १४६ रन बनायो । रोहित शर्मा ३४, सुभमन गिल २८ र चेतेश्वर पुजारा भने ८ रनमा आउट भए । भारतीय टीम आफ्नो देशका धावक मिल्खा सिंहप्रति श्रदाञ्जलि अर्पण गर्दै कालोपट्टी बाँधेर मैदानमा उत्रिएको थियो ।

आइतबार भारतले खेल सुरू गर्दा कप्तान विराट कोहली ४४ र उपकप्तान अजिंक्य रहाणे २९ रनमा अविजित हुनेछन् । तेस्रो दिन वर्षाले प्रभावित नभए भारतलाई कोहली र रहाणेको सुझबुझपूर्ण इनिङको खाँचो पर्नेछ ।

साउथह्याम्प्टनमा भइरहेको फाइनल १८ जनुबाटै शुरु हुनुपर्नेमा पहिलो दिन वर्षाका कारण टस नै हुन सकेन । शनिबार ९८ ओभर खेलाउने तय भएपनि खराब प्रकाशका कारण ३४ ओभर अगाडि नै खेल रोक्नु परेको हो । चेतेश्वर पुजारा तिब्र गतिका बलर ट्रेन्ट बोल्टद्वारा ५ औं पटक आउट भए। बोल्ट पुजारालाई सर्वाधिक पटक आउट गर्ने खेलाडी बने। त्यस्तै रोहित शर्माले इंग्ल्यान्डमा सर्वाधिक स्कोर बनाए। उनले ६८ बल खेलेर ३४ रन बनाएका थिए। यसअघि रोहितले २०१४ मा केवल २८ रन बनाएका थिए ।

भारतीय कप्तान विराट कोहली न्युजिल्यान्डसँग कप्तानको रुपमा मैदानमा प्रवेश गरेसँगै सर्वाधिक टेस्टको कप्तानी गर्नै खेलाडी बनेका छन् । उनले महेन्द्रसिंह धोनीको रेकर्ड तोडे । धोनीले ६० टेस्टको कप्तानी गरेका थिए । कोहलीको यो ६१ औ टेस्ट कप्तानी हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 9 =