हङकङको चलचित्रको मुख्य भूमिकामा नेपाली युवा

एजेन्सी । हङकङको चलचित्र ‘ह्यान्ड रोल्ड सिगरेट’ मा नेपाली युवा विपिन कर्माले मुख्य भूमिका निर्वाह गरेका छन् । १७ औँ हङकङ एसिया फिल्म फेस्टिभलको ओपनिङ चलचित्र ह्यान्ड रोल्ड सिगरेटमा किङ लङको निर्देशन रहेको छ ।

हङकङ, ताइवान र सिंगापुरमा चलचित्रको प्रिमियर भएको छ । पोखराका उनी हङकङ निवासी नेपालीबिच मात्रै नभएर अन्य देशहरूमा समेत तारिफ बटुल्दैछन् । चिनियाँ भाषाका चलचित्र प्रदर्शन हुने चलचित्र घरहरूमा जुन १७ बाट कर्मा अभिनीत चलचित्र  प्रदर्शनमा आएको छ । हङकङका चर्चित कलाकार गोर्डेन ल्यामसँगै विपिनले यस चलचित्रको मुख्य भूमिका निभाएका छन् ।

चलचित्रमा दक्षिण एसियाली पात्र म्यानीको चरित्रमा उनी देखिएका छन् । म्यानीको पहिचान सङ्कटमा हुन्छ । उनको काँधमा भाइको जिम्मेवारी छ । काम नपाएपछि उनी ड्रग व्यापारमा संलग्न हुन्छन् । त्यही क्रममा एक दिन ब्रिटिस औपनिवेशिक सेनामा सेवा पुर्‍याएका सेवा निवृत्त सैनिक क्वानसँग उनको भेट हुन्छ । दुवैले मिलेर अगाडिको यात्रा तय गर्छन् । विपिनलाई चलचित्रको सुरुआतदेखि अन्त्यसम्म नै देख्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *