अपाङ्गता भएका परिवारलाई हाम्रो परिवार राम्रो परिवारको साथ

धादिङ । शारीरिक अपाङ्गता तथा गरीब परिवारलाई हाम्रो परिवार राम्रो परिवारले खाद्यान्न तथा शैक्षिक सामग्री प्रदान गरिएको छ ।
धादिङ गल्छी गाउँपालिका-८ चरिपौवामा बस्दै आएका ललितबहादुर तमाङ आफैँ पनि अपाङ्ग रहेका छन् । उनको दुई सन्तान र श्रीमती पनि सँगै बस्छन् । तर आफ्नो दुवै सन्तान पनि अपाङ्ग नै रहेको उनी बताउँछन् ।
उपचारमा पनि आफूसँग आर्थिक अवस्था नाजुक रहेको उनले बताए । हाल उपचारका तथा खाद्यान्नका लागि आर्थिक अभाव भएपछि हाम्रो परिवार राम्रो परिवारबाट खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेको हाम्रो परिवार राम्रो परिवारका सचिव दिपेन्द्र खड्काले जानकारी दिए ।
खड्काले निषेधाज्ञाले समस्यामा परेका, भोकै रहेको र अपाङ्गता परिवारका बारेमा जानकारी आएअनुसार सोही ठाउँमा गएर त्यहाँका युवाहरुका साथमा राहत वितरण गरेको जनाएका छन् ।
हाम्रो परिवार राम्रो परिवारको यो चौधौँ कामका लागि ईन्दु प्रधानको जन्मदिनको अवसरमा उनले पनि सहयोग गरेका थिए । उक्त सामग्रीहरू त्यस संस्थाका सचिव दिपेन्द्र खड्का‚ कोषाध्यक्ष सोनीफ बस्नेतलगायत टिमबाट सहयोग हस्तान्तरण गरिएको छ ।









