मेलम्ची बजार क्षेत्र बाढीकाे जाेखिममा

काठमाडाैं । बाढीबाट सिन्धुपाल्चाेककाे मेलम्ची बजार क्षेत्र उच्च जाेखिममा परेको छ । मेलम्चीको आमा ह्याल्मो बसपार्कमा रहेको सबैजसो घर टहरा बगाएको र रेडियो मेलम्चीको भवन समेत जोखिममा रहेको रेडियो मेलम्चीका स्टेसन म्यानेजर देवराज सुवेदीले जानकारी दिए ।

अहिले मेलम्ची बजारका सयाैँ स्थानीयबासिन्दा ईन्द्रेश्वरी माध्यामिक विद्यालय , नगरपालिकाको कार्यालय , टार तथा माथिल्लो भेगका जङ्गलमा बसेका छन् । हेलम्बुको १ ट्राउट माछा फार्म कि टिकामाया खड्का सम्पर्कविहीन भएकी छन् । सिन्धुपाल्चाेकमा मेलम्ची  र लार्के खोलामा बाढी आएको हाे ।

मेलम्ची खानेपानी आयोजनाको मुहानक्षेत्र भन्दा माथि ठूलो पहिरो गएको छ । अहिलेसम्म आयोजनामा कुनै क्षति नभएको आयोजनाका कर्मचारी निमेष रेग्मीले जानकारी दिए ।

बाढीले नदिकिनारका सबैजसो माछा पोखरि बगाएको छ । हेलम्बु प्रहरी चौकिको भवन समेत जोखिममा परेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =