निषेधाज्ञामा ‘चुरीफुरी’ टिमको सहयोग

काठमाडौँ । चलचित्र ‘चुरीफुरी’ को टिमले निषेधाज्ञाका कारण बिहान बेलुका हातमुख जोर्न समस्या भएका व्यक्तिहरूलाई राहत वितरण गरेको छ । काठमाडौँको वसुन्धरामा बस्दै आएका २५ परिवारलाई चलचित्रको समूहले २० दिनसम्म पुग्ने खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो । खाद्यान्नसँगै मास्क पनि प्रदान गरिएको छ ।

चलचित्र निर्देशक तथा निर्माता ऋषिराज आचार्य र सह-निर्माता विमला भुसालले राहत बाँडेका हुन् । महामारीका कारण दैनिकी कष्टकर बनिरहेका बेला पीडितहरूलाई थोरै भए पनि राहत वितरण गर्न पाउँदा खुसी लागेको निर्देशक आचार्यको भनाई छ । यो समयमा समस्यामा परेका व्यक्तिलाई सबैले सहयोग गर्नुपर्ने बताउँदै उनले आगामी दिनमा पनि सहयोगलाई जारी राख्ने बताए ।

चलचित्र आउँदो असोज १ गते प्रदर्शन गर्ने तयारीमा निर्माण टिम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *