कोपा अमेरिका नरोक्न ब्राजिललाई आदेश

काठमाडाैं । कोपा अमेरिका फुटबल ब्राजिलमा आइतबार भोलीदेखि शुरु हुने निश्चित भएको छ । त्यहाँको सर्वोच्च अदालतले प्रतियोगिता अगाडि बढाउन सक्ने निर्णय गरेपछि प्रतियोगिता हुने तय भएको हो ।

कोरोनाका कारण प्रतियोगिता रोक्न माग गर्दै मुद्दा परेपछि सर्वोच्चले बिहिबार आपतकालिन सुनुवाइ गरेको थियो । प्रतियोगिता आयोजना गर्दा हजारौंको ज्यान जान सक्ने भन्दै रोक्न आग्रह गरिएको मुद्दामा सुनुवाइ गर्दै न्यायाधीसले ब्राजिलको संविधानले अदालतलाई यस्तो कुनैपनि अधिकार नदिएको भन्दै प्रतियोगिताका लागि ढोका खोलिदिएका हुन् ।

यद्धपि सर्वोच्चले राज्य तथा शहरका कर्मचारी, जनप्रतिनिधि र सम्बन्धीत अधिकारीहरुलाई उचित स्वास्थ्य प्रोटोकलको सम्मान निश्चित गर्न भनेको छ । प्रतियोगिता, दर्शक बिनै आयोजना गरिने छ । अब टीमका हरेक सदस्यको हरेक ४८ घन्टामा स्वास्थ्य परिक्षण गरिने छ । खेलाडीलाई यात्रा प्रतिबन्ध गरिएको छ। भेन्युमा उनीहरु चार्टड प्लेन मार्फत जानेछन् ।

कोरोना महामारीका कारण २०२० मा स्थगित यो प्रतियोगिता अर्जेन्टिना र कोलम्बियमा आयोजना हुनु पर्ने कार्यतालिका थियो । राजनितिक अस्थिरताका कारण २० मे मा कोलम्बियालाई सह-आयोजकबाट हटाइएको थियो । अर्जेन्टिनाले ३० मे मा प्रतियोगिता गर्न नसक्ने जनाएको थियो ।

यसै हप्ताको शुरुवातमा ब्राजिलका खेलाडिले पनि आफ्नो देशमा प्रतियोगिता आयोजना गर्नै निर्णको आलोचना गरेका थिए । ब्राजिलमा कोरोना भाइरसका कारण ४ लाख ७५ हजार बढी नागरिकले ज्यान गुमाईसकेका छन् । जुन अमेरिका पछि सर्वाधिक धेरै संख्या हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 3 =