फ्रेन्च् ओपनमा महिला एकलको फाइनलमा बारबोरा र अनास्टासिया

काठमाडाैँ । फ्रेन्च ओपन टेनिसमा यो पटक महिला एकल तर्फ नयाँ विजेता बन्ने निश्चित भइसकेको छ । महिला एकल तर्फको सेमिफाइनल समिकरणा पुरा भएको छ ।
३१औँ बरियताकी रुसी खेलाडी अनास्टासिया पभ्ल्युचेन्कोभा वर्षको दोस्रो ग्रान्डस्लाम टेनिस फ्रेन्च ओपनको फाइनलमा पुगेसँगै फाइनलमा उनको बारबोरा क्रेजिकोभासँग प्रतिस्पर्धा हुने भएको हो ।
२९ वर्षीय अनास्टासियाले बिहीबार भएको सेमिफाइनलमा स्लोभानियाकी तामरा जिदानसेकलाई सोझो सेटमा पराजित गरिन् । २३ वर्षीय जिदानसेक ७-५ र ६-३ को सेटमा पराजित भइन् । पेभ्ल्युचेन्कोभा यसअघि ग्रान्डस्लाममा क्वाटरफाइनलसम्म पुगेकी थिइन् ।
बारबोराले मारिया सकारालाई पराजित गर्दै पहिलो ग्रान्डसलामको फाइनलमा स्थान बनाउन सपल भइन् । २५ वर्षिय बारबोराले ७-५ ४-६ ९-७ ले पराजित गर्दै फाइनलमा स्थान बनाइन् । तीन घन्टा लामो भिडन्तमा उनले बाजि मारिन् ।








