दीपक मनाङे : राजीनामा कि बर्खास्त ?
मकालु खबर
२०७८ जेठ २८ गते
काठमाडौँ । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे)को राजीनामा र उनलाई पदमुक्त गरिएको पत्र सार्वजनिक भएको छ । दुवै पत्र सँगसँगै सार्वजनिक भएपछि मनाङे ले पदबाट राजीनामा दिएका हुन् या उनलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बर्खास्त गरेका हुन् भन्ने अन्योल भएको हो ।
बिहीबार मुख्यमन्त्री गुरुङले मनाङेलाई खेलकुद मन्त्री पदबाट बर्खास्त गरेको तथा उनले राजीनामा दिएको भन्ने खबर एकसाथ सार्वजनिक भए । कुन पहिले भन्ने अझै अन्यौल भनिएपनि उनले राजीनामा दिएर हिडेको उनी निकटस्थले बताएका छन् ।
मनाङेले मुख्यमन्त्री पृथ्वीसुब्बाले विश्वासको मत लिने बेला साथ दिन नसकिने भन्दै सम्पर्कविहिन बनेका थिए । मनाङेलाई कास्की प्रहरीले बिहीबार बेलुका लेकसाइडको एक रिसोर्टमा फेला पारेको थियो ।
मकालु खबर
२०७८ जेठ २८ गते
प्रतिक्रिया
One thought on “दीपक मनाङे : राजीनामा कि बर्खास्त ?”
Leave a Reply Cancel reply
सम्बन्धित
के नै भन्न सकिन्छ र बस हामी त मुखदर्सक न परेउ, निस्क बस जे गर तर देश को लागि गर बस ।