ब्राजिलको अपराजित यात्रा जारी
काठमाडाैँ । विश्वकप छनोटमा ब्राजिलले आफ्नो अपराजित यात्रा कायम राखेको छ। निरन्तर जित निकाल्ने क्रममा ब्राजिलले बुधबार विहान पाराग्वेलाई २-० ले पराजित गर्यो ।
ब्राजिलको जितमा नेयमारको प्रदर्शन उत्कृष्ट रह्ययो । पाराग्वेमा बुधबार बिहान भएको खेलमा ब्राजिलले खेलको चौथो मिनेटमा नै नेयमारको गोल मार्फत अग्रता लिएको थियो । सुरुवातमै गोल गरेपनि त्यसपछि दुबै टीमले गतिलो आक्रमण गर्न सकेनन् । इन्जुरी समयमा सबस्टिच्युट लुकास पाक्वेटाले नेयमारको पासलाई सदुपयोग गर्दा ब्राजिल २-० ले अघि रह्यो ।
१०४ क्याप जितेका नेयमार ब्राजिलका लागि ६५औं गोल गरे । उनले ब्राजिलबाट १०४ क्याप जितेका छन् । ब्राजिलका लागि पेलेले सर्वाधिक ७७ अन्तर्राष्ट्रिय गोल गरेका छन् । दक्षिण अमेरिकी विश्वकप छनोटमा ब्राजिलको यो लगातार छैटौ जित हो । ब्राजिलले यसअघि बोलिभिया, पेरु, भेनेजुएला, उरुग्वे र इक्वेडरलाई पराजित गरेको छ ।
जितपछि ब्राजिलको ६ खेलबाट १८ अंक बनाएको छ। दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको समान खेलबाट १२ अंक छ । पराजित पाराग्वे ७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
त्यस्तै अनय खेलमा भेनेजुएला र उरुग्वेले गोलरहित बराबरी खेल्दा पेरुले इक्वेडरलाई २-१ ले पराजित गर्यो । यो नजितापछि उरुग्वे ८ अंक जोडेर चौथो तथा भेनेजुएला ४ अंक जोडेर नवौं स्थानमा रहेको छ । इक्वेडर ९ अंक जोडेर तेस्रो स्थानमा रहँदा पेरु ४ अंकका साथ पुछारमा रहेको छ ।