सुनचाँदीको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा मगंलबार सुनको मूल्य उकालो लागेको छ । छापावाला सुन तोलामा ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज ५ रुपैयाँले बढेर १ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 4 =