नेपालविरुद्ध जोर्डनको अर्को गोल‚ जोर्डनले लियो ३-० को अग्रता

काठमाडौं । विश्वकप तथा एसियन कप फूटबलको छनौट खेलमा जोर्डनले ३-० ले अग्रता लिएको छ । दोस्रो हाफको सुरुवातमा नै जोर्डनका तर्फबाट फेजल साहिफले फ्री किक प्रहार गर्दै दोस्रो गोल गर्न सफल भएका थिए भने ६६ औँ मिनेटमा जोर्डनी खेलाडीले हेडर गोलमार्फत् ३-० को अग्रता दिलाएका हुन् ।

खेलको २४ औँ मिनेटमा जोर्डनले पेनाल्टीमार्फत् गोल गर्दै अग्रता लिएपछि जोर्डनले १-० ले अग्रता लिएको थियो भने दोस्रो हाफको चौथो मिनेटमा जोर्डनी खेलाडी साहिफले गोल गरेका थिए ।

पहिलो हाफमा जोर्डनले कम्तिमा आधा दर्जन प्रहार गरेपनि गोल भने एकभन्दा बढी गर्न सकेको थिएन ।

केही प्रहार फितला रहेपनि नेपालले भने जोर्डनको पोस्टमा एउटा पनि प्रहार गर्न सकेन । पहिलो हाफको अन्तिम समयतिर पाएको फ्री किक प्रहार गरे पनि जोर्डनका किपरले उक्त फ्री किकलाई सजिलै बचाएका थिए ।

नेपालका विकाश खवास घाइते भएर मैदानबाट बाहिरिएपछि सुनिल बल मैदान प्रवेश गरेका थिए । नेपालले आज विकाशसहित, दिनेश राजवंशी र अभिषेक रिजाललाई शुरुवाती ११ मा खेलाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *