घट्यो सुनको मूल्य
२०७८ जेठ २४ गते

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । छापावाला सुन तोलामा ३०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज ५ रुपैयाँले घटेर १ हजार ५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
२०७८ जेठ २४ गते
प्रतिक्रिया
सम्बन्धित








