एभरेष्ट बैंकद्वारा स्पुन रेमिट, बेलायतसँग रेमिट्यान्स सेवाको लागि साँझेदारी

काठमाडौं । एभरेस्ट बैंक लिमिटेडले बेलायतमा रहेको अनलाइन मनी ट्रान्सफर सेवा, स्पुन रेमिटसँग बेलायतबाट नेपालमा पैसा पठाउनका लागि रेमिट्यान्स सेवा प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।

सो सम्झौता पत्रमा बैंकका सहायक महाप्रबन्धक आशुतोष शर्मा र स्पुन रेमिटका प्रबन्ध निर्देशक वहिदोल्लह साफीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

स्पुन रेमिट, अनलाइन प्रोडक्ट र ट्रेडिङको लागि दर्ता गरिएको एम ए फास्टमोव लीअन्तर्गतको नाम हो, जुन वेबका साथै मोबाइल एप्लिकेसनको दुवै एन्ड्रोइड र आइओएसमा उपलब्ध रहेको जनाएको छ ।

अब बेलायतमा रहेका रेमिटरहरुले आफूलाई स्पुन रेमिटमा दर्ता गरी एभरेस्ट रेमिटबाट सजिलै नेपालमा पैसा पठाउन सक्नेछन् ।

यस साँझेदारीले बैंकको सेवाहरू बेलायतमा पनि विस्तार गर्नुका साथै बैंकका रेमिट्यान्सका ग्राहकहरुलाई थप सुविधा प्रदान गर्नमा मद्दत गर्ने जनाएको छ ।

स्पुन रेमिटबाट प्राप्त गरिएको रेमिट्यान्स, नेपालको कुनै पनि बैंकबाट बैंक डिपोजितमार्फत् वास्तविक समयमा कुनै पनि बेला भुक्तानी गर्न र नेपाल भरी फैलिएको नौ हजारभन्दा बढी पे आउट एजेन्टहरू र बैंकको १०३ वटामध्ये कुनैपनि शाखा बाट नगद भुक्तानी लिन सकिने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =