टिकटकको कमाइले गरिमाले खुवाइन् खाना
मकालु खबर
२०७८ जेठ १९ गते
काठमाडौं । टिकटकमार्फत आएकी मोडल गरिमा शर्माले भोकाएका व्यक्तिहरुलाई खाना खुवाएकी छन् । उनले ४ सय जनालाई खाना खुवाएकी हुन् । साथै, खाना खुवाउन सक्रिय सामाजिक समूह हाम्रो टिम नेपाललाई १५ हजार रुपैयाँ सहयोग समेत गरेकी छन् ।
टिकटकबाट नै कमाएको रकमले उनले खाना खुवाएको बताउँछिन् । उनी भन्छिन्‚ ‘लाइभ बस्दा फ्यानहरूले गिफ्ट पठाउनुहुन्छ । सोही गिफ्ट मैले दर्शकलाई सहयोग गरेकी हुँ ।’
मनोरञ्जन र समय कटाउने बाटोको रूपमा अधिकांशले प्रयोग गर्दै आएको यो माध्यमलाई उनले भने सही उपयोग गरेकी छन् । लकडाउनअघि उनी म्युजिक भिडिओमा निकै व्यस्त थिइन् ।
मकालु खबर
२०७८ जेठ १९ गते
प्रतिक्रिया
सम्बन्धित