रौतहटमा जेठ २६ सम्म लम्ब्याइयो निषेधाज्ञा

जनकपुरधाम । कोभिड-१९ को संक्रमण नियन्त्रण गर्न भन्दै रौतहटमा जारी निषेधाज्ञा जेठ २६ सम्मका लागि लम्ब्याइएको छ । वैशाख २४ गतेदेखि जारी निषेधाज्ञालाई निरन्तरता दिँदै प्रशासन पटक–पटक थप्दै जेठ २६ सम्म लम्ब्याएको हो ।

जिल्ला प्रशासन कार्यालय रौतहटले बुधबार एक सूचना जारी गरर्दै आगामी जेठ २६ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा थप गरेको हो ।

रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जिल्लामा निषेधाज्ञाले कोरोना संक्रमितको दर घटेको देखिएकाले निषेधाज्ञालाई निरनतरता दिईएको जानकारी दिए ।

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + five =