शिल्पीको अनलाईन नाटक मञ्चन आज

काठमाडौं । शिल्पी थिएटरमा बुधबार अनलाइन नाटक मञ्चन हुने भएको छ ।

फ्रान्सेली नाटककार झाँ पल सात्रको नाटक ‘नो एक्जिट’को नेपाली रुपान्तर ‘अनुपस्थित तीन’ मञ्चन गर्न लागिएको निर्देशक घिमिरे युवराजले जानकारी दिए । बुधबार बेलुका ५ बजेपछि शिल्पी थिएटरमा मञ्चन हुने नाटकलाई अनलाइनबाट युट्युबमार्फत अनलाइनबाट हेर्न सकिने उनले जानकारी दिए ।

नाटकमा उषा रजक, सलिल सुवेदी, पवित्रा खड्का, मनाहाङ लावतीलगायतको अभियन रहने छ । अवतार पाठकले नेपालीमा रुपान्तर गरेको नाटकको परिकल्पनाकार र निर्देशक घिमिरे युवराज हुन् ।

नाटक  Shilpee Theatre Nepal  मा गएर हेर्नु सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − four =