श्रीमतीका कारण म भाग्यमानी : निर्देशक लामिछाने

काठमाडौं । चलचित्र निर्देशक ऋषि लामिछानेको स्वास्थ्यमा सुधार आएको छ । उनी कोरोना सङ्क्रमणमुक्त भएका छन् । अस्पताल भर्ना भएर लामै समय बसेका उनी घर फर्किएको एक हप्ता भएको छ । उनले अहिले पनि निमोनियाको औषधि खाइरहेका छन् भने चिकित्सकले एक महिनासम्म आराम गर्नुपर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा एक मार्मिक पोस्ट सार्वजनिक गर्दै सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएका छन् । उनले लेखेका छन् :

‘हार्दिक आभार

पूर्ण रूपमा स्वस्थ भएर घरमै बसिरहेको छु ! हस्पिटलबाट घर आएको एक हप्ता भयो ! निमोनियाँ को औषधि खादै छु ! अब एक महिना रुष्ट गर्नुपर्ने छ !

मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सबै व्यक्तित्वहरूमा नमन ! अरू सङ्ग लड्न सजिलो होला तर आफ्नै जिन्दगी सङ्ग लड्न गाह्रो हुँदो रहिछ ! लडे खिस्सी गर्ने र हिँडे खुट्टा तान्नेहरूको बिचमा उभिएका छौ हामी सबै ! को आफ्नो को पराई , को नजिक को टाढा , कसले मन र मुटु बाट बोल्यो , कसले ठिक्क पार्‍यो , कसले माया गर्‍यो कसले मायाको नाटक गर्‍यो यो सबै देखे पनि भोगे पनि ! यस्ता सबैमा पनि आभार व्यक्त गर्दछु !

आदरणीय दाइ राजीव पहारी र भाउजू सृजना पण्डित पहारीप्रति हार्दिक आभार , हरेक दिन हाम्रो सम्पूर्ण परिवारलाई सल्लाह दिने डाक्टर रवीन्द्र पाण्डे समीर प्रति आभार, डाक्टर विष्णु पहारी र ग्राण्डी हस्पिटलका सम्पूर्ण टिम प्रति आभार !

म हस्पिटल हुँदा मलाई हरपल फोन र म्यासेजबाट उत्साह र ऊर्जा दिने सम्पूर्ण आत्मीय मनहरूमा आभार !

म संसारको सबैभन्दा भाग्यमानी मान्छे जसले आफ्नो श्रीमतीको रूपमा तिमिलाई पाएको छु ! मेरो खुसी , मेरो सुख , मेरो हाँसो , मेरो ऊर्जा सबै तिमि नै हौ ! मलाई मेरो हर दुख र पिडामा साथ दिने मेरो जीवन सङ्गिनी सरिता तिमी छौ र म छु !’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *