समीक्षक केआरकेविरुद्ध सलमानले हाले मुद्दा

एजेन्सी । भारतीय अभिनेता सलमान खानले चलचित्र ‘राधे’को समीक्षालाई लिएर मुद्दा दर्ता गराएका छन् । खानको कानुनी सल्लाहकार समूहले समीक्षक कमाल राशिद खान (केआरके)विरुद्ध मानहानिको मुद्दा दर्ता गराएको हो ।

चलचित्रको खराब समीक्षा गरेको भन्दै मुद्दा हालिएको केआरकेले ट्विटर मार्फत जानकारी दिएका हुन् । उनले आफूलाई मुद्दा दर्ता परिसकेपछि अब सलमानको कुनै पनि चलचित्रको समीक्षा नगर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा उनले सलमानप्रति आक्रोश व्यक्त गर्दै ‘चलचित्र गतिलो नबनाउने अनि आफूलाई मुद्दा हाल्ने । राम्रो चलचित्र बनाउनुपर्‍यो नि’ भनेर लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =