कोरोनामुक्त भए एनटिआर‚ भन्छन्- इच्छाशक्ति जरुरी

एजेन्सी । दक्षिण भारतीय अभिनेता जुनियर एनटिआर कोरोना सङ्क्रमणमुक्त भएका छन् । उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफू सङ्क्रमणमुक्त भएको बताएका हुन् । उनका अनुसार कोरोना जित्ने सबैभन्दा महत्त्वपूर्ण उपाय आफ्नो इच्छाशक्ति हो ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो खबर सार्वजनिक गर्दा खुसी छु कि म करोना सङ्क्रमणमुक्त भए । शुभेच्छा र शुभकामना दिनुहुने सम्पूर्णमा आभार । म यो समय आफ्ना डाक्टर प्रवीण कुलकर्नी र डाक्टर विरू, किम्स अस्पताल र टेनेट डायग्नोसीसलाई धन्यवाद दिन चाहन्छु । उहाँहरूको देखभालले मलाई ठिक हुन धेरै सहयोग गर्यो । कोभिड-१९ लाई गम्भीर रूपमा लिनुहोला । तर यो यस्तो बिमारी हो‚ जसलाई राम्रो स्याहार-सुसार र सकारात्मक सोचले जित्न सकिन्छ । यसको लडाइँमा आफ्नो इच्छाशक्ति नै सबैभन्दा बलियो हतियार हो । हिम्मत नहार्नुहोला । नडराउनुस् अनि मास्क लगाउन नभुल्नुस् । घरमै रहनुस् ।’
एनटिआरको आगामी चलचित्र आरआरआर चर्चामा रहेको छ ।








