दिलीप र रमितको उपस्थितिमा भुटानी शरणार्थीलाई राहत

काठमाडौँ । कलाकार दिलीप रायमाझी र रमित ढुङ्गानाले भुटानी शरणार्थी शिविरका १७ सय घर धुरीलाई खाद्यान्न वितरण गरेका छन् । मोरङ जिल्लाको पथ्री-शनिश्चरेमा रहेको शिविरमा उनीहरूले इन्ट्रा-नेशनल वेल्फेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’को तर्फबाट राहत पुर्‍याएका हुन् ।

नेपालबाट अमेरिका पुगेका भुटानी शरणार्थीको यो संस्थाबाट शिविरमा प्रति व्यक्ति १० किलो चामल, १ किलो नुन, १ लिटर तेल र १ किलो दालको दरले खाद्यान्न वितरण गरिएको हो । गत वर्ष समेत राहत वितरण गरेको यो संस्थाले यो वर्ष पनि सहयोग गरेको हो ।

राहत लिएर अभिनेता रायमाझी र ढुङ्गाना शिविर पुगेका थिए । शिविरका ८० वर्ष नाघेका वृद्धवृद्धालाई र अशक्त व्यक्तिलाई हरेक महिना भत्ता दिने तयारी संस्थाले थालेको छ । फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =