थप ७१३५ जना कोरोनामुक्त‚ ७४२५ मा संक्रमण‚ १८५ को मृत्यु
२०७८ जेठ १० गते

काठमाडौं । सोमबार देशभर ७ हजार १३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ७ हजार ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ८४६ जनाको पिसिआर र ६०७ जनाको एन्टीजेन परीक्षणमा ७ हजार ४२५ जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १८५ जना संक्रमितको मृत्यु भएको छ । देशभर ९२४ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२०७८ जेठ १० गते
प्रतिक्रिया
सम्बन्धित









