सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारम सोमबार सुनको मूल्य उकालो लागेको छ । सोमवार सुन तोलामा १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

आइतबार छापावाला सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा मा कारोबार भएको थियो । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार २०० मा कारोबार भएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला १ हजार ३४५ मा कारोबार भएको चाँदी आज १ हजार ३५० मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 8 =