केनलाई दुईवटा अवार्ड

एजेन्सी । टोटेनहम हट्सपरका फरवार्ड ह्यारी केनले इंग्लिस प्रिमियर लिगमा दुईवटा अवार्ड जितेका छन् । आइतबार राती भएकाे लिगको अन्तिम खेलमा लेस्टरविरुद्ध एक गोल र एक गाेलका लागि सहजिकरणा गरेका  केनले प्रिमियर लिगको सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्लेमेकरको उपाधि जितेका हुन् । टोटेनहमले लेस्टर सिटीलाई ४-२ ले पराजित गरेकाे थियाे ।

केनले जारी सिजन २३ गोल गर्दै सर्वाधिक गोलकर्ताको उपाधि जितेका हुन् । लिभरपुलका मोहमद सलाहले गोल थप्न नसके पछि २२ गोलसहित दाेस्रो स्थानमा चित्त बुझाउन बाध्य भए । म्यान्चेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेस १८ गोलसहित तेस्रो स्थानमा रहे ।

केनले गाेल गर्न टिमका अरु खेलाडीलाई सबैभन्दा धेरै सहजिकरणा गरेका कारण उत्कृष्ट प्लेमेकरको उपाधि पनि जितेका हुन् । सिजनभर उनले १४ असिस्ट गरेका थिए । १२-१२ असिस्ट गरेका ब्रुनो फर्नान्डेस र केभिन डे ब्रुएन उनकाे पछिपछि थिए ।

प्रिमियर लिगको गोल्डेन ग्लोभको उपाधि म्यानचेस्टर सिटीका एडरसनले जिते ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =