स्वास्थ्य प्रणालीमा योगदान गर्न हातेमालो अभियान

काठमाडौँ । कोभिड-१९ को महामारीले गर्दा नेपालको स्वास्थ्य प्रणालीलाई चाप परेको अवस्थामा यसलाई सुदृढ गर्न हातेमालो अभियानको थालनी गरिएको छ ।

नेपाल बैंकर्स संघ, नेपाल लघुवित्त बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ, नेपाल बिमक संघ, जीवन बिमक संघ नेपाल, नेपाल मर्चेन्ट बैंकर्स संघ, स्टक ब्रोकर एशोसियन र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ सामूहिक हिसाबले अघि आई हातेमालो नामक सामाजिक अभियानको थालनी गरेका हुन् ।

यस सामाजिक अभियान अहिलेको जटिल परिस्थितिमा विभिन्न संघमा आबद्ध संस्थाहरु, संस्थाका कर्मचारीहरु, समाजका सरोकारवालाहरु र आम नागरिक समेतले संस्थागत र व्यतिगत रुपमा एकजुट भई सहयोग गर्ने थलोको रुपमा स्थापना गरिएको उल्लेखित संस्थाहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

‘यस कोषमा जम्मा भएको रकम तत्कालका आवश्यकतालाई मध्यनजर गर्दै प्रभावकारी ढंगबाट परिचालन गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी यस हातेमालाे अभियानमार्फत समाजका सरोकारवाला र आम नागरिक समेतलाई यस विषम परिस्थितिको प्रभावकारीरुपमा सामना गर्न एकजुट भई आर्थिक सहयोग गर्न आह्वान गर्दछौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =