विवाद पश्चात् युट्युबबाट हटाइयो ‘मनबार’

काठमाडौं । विवादपश्चात् लघु चलचित्र ‘मनबार’ युट्युबबाट हटाइएको छ । भारतीय चलचित्र ‘नामर्द’ को हुबहु कपी भएको भन्दै यो चलचित्रको सामाजिक सञ्जालमा विरोध भएको थियो । चलचित्रमा सुरक्षा पन्त र कोसिस क्षेत्रीको मुख्य भूमिका रहेको छ ।

‘नामर्द’मा जयेश मेस्ट्रीको कथा, संवाद र गीत रचना रहेको सिनेमाको पटकथा र निर्देशन भने उदय कामतले गरेका हुन् ।

‘नामर्द’को कथा नेपाली अनुवाद गरी रुपेन्द्र खड्गीले कथा, पटकथा र संवादमा आफ्नो नाममा राखेका छन् । चलचित्र जीवन शाहीले निर्देशन गरेका हुन् ।

चलचित्र चोरी भएको चर्चा चलेसँगै अभिनेत्री सुरक्षा पन्तले गल्ती स्वीकार्दै सामाजिक सञ्जालमा पोस्टसमेत गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + nineteen =