थप ६५४३ जना कोरोनामुक्त‚ ८३०५ मा संक्रमण‚ १९० को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभर तीन लाख ६६ हजार ९४६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २१ हजार ६९५ जनाको पीसीआर र ३९३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा आठ हजार ३०५ जना संक्रमित पुष्टि भएका छन् । पीसीआरबाट आठ हजार २२७ र एन्टीजेन विधिबाट ७८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै २४ घण्टायता १९० जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म ५ हजार ८४७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी‚ सक्रिय संक्रमितको संख्या एक लाख १५ हजार ८५२ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 1 =