हेमन्त रानाले गरे विवाह
मकालु खबर
२०७८ जेठ ६ गते
काठमाडौँ । ‘सुन साइली’ गीतका गायक हेमन्त रानाले विवाह गरेका छन् । रानाले मङ्गलबार प्रेमिका माया अधिकारीसँग विवाह गरेका हुन् । अमेरिका बस्ने प्रेमिका अधिकारीसँग उनले अमेरिकामै विवाह गरेका हुन् ।
रानाको विवाहको तस्बिर शशी रावलले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी हुन् । उक्त तस्बिरमा सामाजिक सञ्जाल प्रयोगकर्ताले दाम्पत्य जीवनको शुभकामना दिएका छन् ।
गायक तथा सङ्गीतकार रानाले पछिल्लो समय ‘साइँली’ चलचित्र निर्माण गरेका थिए ।
मकालु खबर
२०७८ जेठ ६ गते
प्रतिक्रिया
सम्बन्धित