काठमाडौं आइपुग्यो चीनको सिचुवान प्रान्तले पठाएको स्वास्थ्य सामग्री

काठमाडौं । चीनको सिचुवान प्रान्तले उपलब्ध गराएका अक्सिजन सिलिन्डर र जेनेरटरलगायतका स्वास्थ्य सामाग्री नेपाल आइपुगको छ । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले मेडिकल उपकरणहरु काठमाडौं आइपुगेको जानकारी दिएकी हुन् ।

सिचुवान प्रान्तले सरकारलाई सहायता स्वरुप ५ करोड ५५ लाख रुपैयाँभन्दा बढीको कोभिडविरुद्धको स्वास्थ्य सामग्री प्रदान गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर, पिपिई, मास्कलगायतका अत्यावश्यक स्वास्थ्य सामग्रीहरू नेपाल आइपुगेको छ ।

यसअघि चीनले ४ सय थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर सहयोग गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + ten =