महामारी प्रभावित किसानलाई राहतबारे अध्ययन गर्न मन्त्री अर्यालको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कोभिड–१९ महामारी नियन्त्रण गर्न सुरक्षाका सबै मापदण्ड अपनाएर कृषकका समस्या समाधान गर्न विभागीय प्रमुखहरुलाई निर्देशन दिएकी छन् ।

वैशाख ३१ गते नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रीका रुपमा नियुक्त भएसँगै मन्त्रालयमा आइतबार विभागीय प्रमुखसँग छलफल गर्दै मन्त्री अर्यालले यस्तो निर्देशन दिएकी हुन् ।

‘हामी कोभिड–१९ महामारीको संकटमा छौं,’ उनले भनिन्, ‘महामारीको समयमा पनि हामीले हाम्रा कृषकका समस्या सधानमा ध्यान दिनुपर्छ । यस्तो अवस्थामा पनि हामी आफू सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर कृषकहरुका समस्या समाधानका लागि काम गर्नुपर्छ।’

महामारीका कारण अहिले देशभरका कृषकहरुले भोग्नुपरेका समस्या समाधान र कृषि उपज बजारीकरणका लागि आवश्यक सहयोग गर्न सबै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री तथा सचिवहरुसँग तत्काल भर्चुअल मानध्यमबाट छलफल गरी आवश्यक कदम अघि बढाउन मन्त्री अर्यालले निर्देशन दिएकी छन् ।

कोभिड नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण कृषि तथा पशुपन्छी क्षेत्रमा परेका प्रभाव अध्ययन गरी नेपाल सरकारबाट प्रदान गर्नसकिने सेवा सुविधाको सम्बन्धमा सरोकारवालासँग छलफल गरी क्षती पुगेका कृषकलाई राहत प्रदान गर्न आवश्यक तयारी गर्न उनले निर्देशन दिएकी छन् ।

मन्त्री अर्यालले भनिन्, ‘सरोकारवालासँग छलफल गरी क्षती पुगेका कृषकलाई राहत दिन आवश्यक तयारी गर्नुस्। अध्ययन गर्दा साँच्चिकै प्रभावित कृषकहरु नछुटून्।’

कृषि तथा पशुपन्छी बजार तथा ढुवानी सहजिकरणको लागी यस अघिनै मन्त्रालयको अनुरोधमा गृह मन्त्रालय मार्फत सबै जिल्ला प्रशासन कार्यालयहरुमा पत्राचार भइसकेको भन्दै मन्त्री अर्यालले थप सहजीकरणको आवश्यकता देखिएमा तत्काल सरकारलाई अनुरोध गर्नेगरी तयारी गर्न समेत निर्देशन दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =