बाग्मती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी, कर्णालीको कम

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्षमा बाग्मती प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को वृद्धिदर प्रदेशहरु मध्येमा सबैभन्दा बढी हुने प्रक्षेपण गरेको छ ।

विभागले चालू आर्थिक वर्षको ७ देखि ९ महिनासम्मका आर्थिक तथ्यांकहरुका आधारमा यस्तो अनुमान तयार गरेको जनाएको छ । चालू वर्षमा बाग्मती प्रदेशको जीडीपी वृद्धि दर ४.७ प्रतिशत रहने अनुमान गरेको छ ।

त्यस्तै, सबैभन्दा बम कर्णाली प्रदेशको वृद्धि दर ०.७ प्रतिशत हुने अनुमान विभागको छ । त्यस्तै प्रदेश १ को ३.६ प्रतिशत, प्रदेश २ को ३.५ प्रतिशत, गण्डकी प्रदेशको ३.६ प्रतिशत, लुम्बिनी प्रदेशको ३.९ प्रतिशत र सुदूर पश्चिम प्रदेशको ३.४ प्रतिशतले आर्थिक वृद्धि प्राप्त हुने अनुमान गरेको छ ।

यद्यपी, कोभिड–१९ संक्रमण नियन्त्रणका लागि गरिने निषेधाज्ञाको अवधि १५ दिन मात्र हुने अनुमान गरेर विभागले जीडीपी गणनाको यो तथ्यांक सार्वजनिक गरेको जनाएको छ । तर, यस वर्ष पनि गत वर्ष जस्तै निषेधको अवधि १५ दिन पुगिसकेको छ ।

महामारीको अवस्थालाई हेर्ने हो भने यो अवधि अझै निकै समय लम्बिने देखिएको छ । त्यसो हुँदा विभागले गरेको जीडीपी वृद्धिको अनुमान तथ्यबाट निकै टाढा पुग्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 17 =