थप ८९६० जनामा कोरोना‚ २१४ को मृत्यु‚ ५०५५ कोरोनामुक्त
२०७८ वैशाख ३० गते

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १९ हजार ४७४ जनाको पीसीआर विधि र ७७१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ हजार ९६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा २१४ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म ४ हजार ४६६ जनाको मृत्यु भएको छ ।
नयाँ संक्रमित थप भएसँगै एक लाख पाँच हजार २०७ जना सक्रिय संक्रमित रहेका छन् । ४९७ जना व्यक्ति क्वारेन्टाइनमा छन् ।
बिहीबार देशभर पाँच हजार ५५ जना व्यक्ति निको भएका छन् ।
२०७८ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित









