भाइरल हुँदै नोरा र दिशाको पुरानो तस्बिर

नयाँ दिल्ली । दिशा पटानी र नोरा फतेहीको पुरानो फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा दुई जनाको मिल्ती देख्न सकिन्छ । दिशा र नोराको उक्त फोटो त्यो समयको हो‚ जुन समय यी दुई भर्खरै बलिउडमा पाइला चाल्दै थिए ।

बागी-२ को समय दिशा, नोरासँग नृत्य सिक्ने गर्थिन् । नोरालाई सुरुवाती दिनदेखि नै नृत्यका लागि जान्ने गरिन्छ ।

यस तस्बिरमा नोरा र दिशा क्यामेरामा हेरेर मुस्कुराउँदै देखिन्छन् । स्ट्रिट डान्सर थ्रीडीकी नायिका नोरा हातमा एक गुडिया, कार्ड र कफी कप समातिरहेकी छन्‚ जुन दिशाले उपहारस्वरूप दिएकी हुन् ।

नोराले तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ’प्यारी बच्ची दिशा पटानी स्वर्णिम् उपहारका लागि धन्यवाद । सदैव तिमीलाई नृत्य सिकाउँदा खुसी रहन्छु ।‘ 

प्रतिक्रिया